Rashtriya Dainik

पर्सा प्रहरीद्वारा लागूऔषध गाँजा सहित २ जना पक्राउ

बीरगंज , १३ असोज

पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो।

प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित बहुदरमाई नगरपालिका वडा नम्बर ९ बस्ने लोटन राउत कुर्मी र देवलाला साहलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा चेकजाचको क्रममा संकास्पदरुपमा साईकल चलाई गईरहेको दुवैजनालाई रोकी चेकजाँच गर्दा टेपले बाँधेको कालो रङ्गको पोलोथिनको ४ वटा पोकामा १/१ किलोको दरले ४ किलो लागुऔषध गाँजा सहित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिएका छन् ।

लागुऔषध गाँजासहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रमुख शाहले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित