Rashtriya Dainik

नेपाली शब्दकोषबाट ‘ॐ’ हटाउने कार्यलाई रोक्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रंजीत शर्मा/ नवलपरासी ,१२ असोज।

विश्व हिन्दु परिषद नेपाल पश्चिम नवलपरासी जिल्ला कार्य समितिले नेपाली शब्दकोषबाट ‘ॐ’ हटाउने कार्यलाई रोक्न प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

नेपालको मौलिक धर्म-संस्कृतिको मानविन्दु प्रतिक ओम् (ॐ) लाई नेपाली शब्द कोशबाद हटाउन गरिएको दुसप्रयास प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रोक्न ज्ञापन बुझाएका छन्। विदेशी षडयन्त्रको प्रभावमा परी ॐ लाई नेपाली शब्द कोणबाट हटाउने निर्णय विरुद्ध दायर रिट सन्दर्भमा सर्वोच्च अदालतले एमिकस क्यूर मान्नु अत्यन्तै गम्भिर एवं संवेदनशील विषय रहेको ज्ञापन पत्रमा उल्लेख छ।

नेपालको मौलिक धर्म-संस्कृति,भाषा,परम्परा विरोधी तत्वहरुद्वारा रचिएको विश्वव्यापी षडयन्त्र अनुसार बारम्बार यस किसिमको दुष्प्रयास हुदै आएको जानकारी गराउँदै नेपालको मौलिकता सँग बारम्बार अन्याय भई रहँदा सम्बन्धित निकाय मौन रहनु अत्यन्तै दुर्भाग्यपूर्ण विषय रहेको वताएका छन्।

ॐ हटाउने घटनाले सम्पूर्ण नेपाली जनमानसको राष्ट्रिय भावना माथि आघात एवं ठाडी प्रहार गरेको उल्लेख गरिएको छ। सम्पूर्ण नेपाली मौलिक पहिचान संग सम्बन्धित औम् (ॐ) शब्दको संरक्षण हेतु सर्वोच्च अदालत,शिक्षा मन्त्रालय,संस्कृति तथा पर्यटन मन्त्रालयलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउँदै यस्ता धरोहर र गौरव मेट्ने दुष्कर्ममा संग्लन पक्षलाई यथासिघ्र कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरिएको छ।

कार्यवाही न भए हिन्दू धर्ममा आस्ता राख्ने संगठन कठोर कदम चाल्न बाध्य हुनेछ र तत्पश्चात सिर्जना हुने हरेक परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित