आरपि उपाध्याय / नवलपरासी , १२ असाेज
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा रहेको सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपिमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकलाई एक कार्यक्रमका बिच फेरि भेटौला र जिम्मेवारी लिन आएका निरीक्षकलाई स्वागत गरिएको छ।
त्रिवेणी बिओपिमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डे ६ महिनाको अवधी पूरा भइ सरुवा भएकोमा फेरि भेटौला र जिम्मेवारी लिन आउनुभएका सशस्त्र प्रहरी निरीक्षक मनि कुमार पल्ली मगरलाई स्वागत गरिएको हो।
त्रिवेणी बिओपी परिसरमा आयोजित एक कार्यक्रममा सरुवा भइ जाने सशस्त्र प्रहरी निरीक्षक पाण्डेले संगठनले दिएको जिम्मेवारीलाई जनप्रतिनिधि,संघसंस्थाका प्रतिनिधि र प्रेस जगतको सहयोगले नै जिम्मेवारी पूरा गर्न सफल भएको बताउनु भयो।
कार्यक्रममा जिम्मेवारी लिन आउनु भएका सशस्त्र प्रहरी निरीक्षक पल्लीले आफू पनि सबैको सहयोगको साथ संगठनले दिएको जिम्मेवारी पूरा गर्न आएको धारणा राख्नुभयो।
सो अवसरमा वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाह,नेपाली काङ्ग्रेसका निरन्जन थापा,रा.प्र.पा.का विश्व मर्दन शाह,इ.प्र.का. त्रिवेणीका वरिष्ठ सइ प्रेम विष्ट,स्थानीय व्यापारी र ज्योति सामुदायिक विकास सेवा नेपालका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

