तुलसीराम पौडेल / फर्साटिकर, १२ असोज
रुपन्देहीको शुद्दोधन गाउँपालिका – ४ सौ फर्साटिकर स्थित लिटल फ्लावर्स अङ्ग्रेजी माविमा शुक्रवारको कार्यक्रम अन्तरगत कक्षा ६ – १० का विद्यार्थीहरुले विज्ञान प्रविधिका सामाग्रीहरु प्रदर्शन गरेका छन् ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विज्ञान प्रविधिका सामाग्रीहरु प्रदर्शन गरेका विद्यार्थीका समुहहरु मध्य प्रथम ,दोस्रो ,तेस्रो र सान्त्वना हुनेलाई पुरस्कार वितरण गरिएको थियोे ।विज्ञान प्रविधि सामाग्री प्रदर्शनमा समीर थारुको समुह पहिलो ,आयुष्मा खत्रीको समुह दोस्रो ,अनुप थापाको समुह तेस्रो र अमन केसिको समूह सान्त्वना भएका थिए ।
विद्यालयकी प्राचार्य दिलकुमारी फौदारको अध्यक्षता, विद्यालयका अध्यक्ष पानकुमार फौदारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका सह प्राचार्य एवं विज्ञान शिक्षक इन्द्रबहादुर क्षेत्रीले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको संचालन शिक्षक नारायण खरेलले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

