Rashtriya Dainik

चौधरी फाउण्डेसनको आयोजनामा उद्यमशीलता तालीम सम्पन्न

नवलपरासी । महिला समुदायलाई जिविकोपार्जन तर्फ उन्नमुख गर्ने उदेश्यले चौधरी फाउन्डेसन ,बलियो नेपाल र बर्दघाट नगरपालिकाको अगुवाइमा सस्थाको संयुक्त आयोजनामा पांच दिने महिला सिपमुलक तालिम सम्पन्न भएको छ ।

महिला उद्यमी , वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तिकरणको लागि आयोजीत तालीम बर्दघाट –७ मा सम्पन्न भएको हो । पांच दिन सम्म मुलत: कोदोको केक, कोदोको हलुवा, मस्यौरा, बाल आहार, चिप्स जस्ता पौष्टिक आहार बनाउन तालीम दिईएको थियो ।

तालिममा २९ जना महिलाहरूको सहभागीता रहेको थियो । तालीमको समापन गर्दै कार्यक्रमको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपूर्ण हुने हुदा तालिम पश्चात् शिपको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमाणपत्र पत्र मात्रै नभएर जिविकोपार्जनका लागि सीप महत्वपूर्ण कुरा हुने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।

मुलत महिलाहरूलाई उद्यमशिलता सग जोड्नका निम्ति तालिमको आयोजना गरिएको चौधरी फाउन्डेसनका प्रोजेक्ट म्यानेजर बिकास देउजाले जानकारी दिनुभयो ।


स्थानिय स्तरमा उत्पादन हुने पौष्टिक खाद्य बस्तुलाई नै प्रयोग गरि पोषिलो आहार बनाई ब्यवसायिकता सग जोड्नु कार्यक्रमको मुल उदेश्य रहेको बलियो नेपाल सस्थाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित