Rashtriya Dainik

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. सुस्ता १ को वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१२ असाेज

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. सुस्ता १ पश्चिम नवलपरासीको वार्षिक साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष रामनारायण चौधरीको अध्यक्षता तथा सुस्ता गाउँपालिका वडा न.१ का वडा अध्यक्ष अशोक चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि चौधरीले सहकारीको माध्यमबाट आर्थिक क्रियाकलाप बलियो बनाउन सकिने धारणा राख्दै सहकारीबाटै गरिबी न्यूनीकरण गर्न सकिने पनि जिकिर गर्नुभयो।
कार्यक्रममा रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष ममता भारती, माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्र.अ. यज्ञ न्यौपाने, न्यु लाइफ बोर्डिङ स्कुलका भरत न्यौपाने, नेस्कुनका मित्र प्रसाद सापकोटा लगायतले सहकारी गतिविधि माथी प्रकाश पार्नुभएको थियो।

“फजुल खर्च नगरौं,बचत गर्ने बानी बसालौ” भन्ने मुल नाराका साथ आयोजना भएको वार्षिक साधारण सभामा संस्थाले २० लाख ६३ हजार शुद्ध नाफा गर्न सफल भएको बताइएको छ।
संस्थालाई चलायमान बनाउन सकृय भुमिका खेल्नु भएका एक दर्जन व्यक्तित्वहरुलाई मायाको चिनो सहित कदर पत्र प्रदान गरिएको संस्थाले जानकारी दिएको छ।

२०५६ सालमा दर्ता भइ सञ्चालनमा आएको संस्थामा हाल १३०४ सेयर सदस्य रहेको बताइएको थियो।

आर्थिक वर्ष ०७९/८० मा संस्थाको कार्य क्षेत्रमा पर्ने १३५ सेयर धनीहरुलाई सहकारी वित्तीय साक्षरता तालिम र विभिन्न सिपमुलक प्रशिक्षण गराइएको संस्थाले बताएको छ।

साधारणसभामा संस्थाको उपाध्यक्ष होमनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमलाई संस्थाका प्रबन्धक चेतनारायण चौधरीले सञ्चालन गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित