सहबान अन्सारी / नवलपरासी, २४ पुस नवलपरासीको सिमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ५६ हजार ४ सय मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहत सुरक्षा बेश क्याम्प सेमरीले प्रतापपुर वडा नं. २ भिट्ठा, २६ नं. गण बेलासपुरले रामग्राम नगरपालिका वडा नं.७ उजैनी चोक र बोर्डर आउट पोष्ट हरपुरले पाल्हीनन्दन वडा नं. २ गोपालपुरबाट परिचालित गस्ती टोलीले भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै बिभिन्न फेन्सी आईटमका सामानहरु लत्ता कपडा,बिउ बिजन तथा पशुपन्छीको औषधीहरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अबैध सामाहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएकोे सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।