Rashtriya Dainik

मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

सुरेश यादव /नवलपरासी ,१२ असाेज

पश्चिम नवलपरासीको सुनवल ४ मा अवस्थित मुलपानी सामुदायिक वन उपभाेक्ता समुहकाे आज शुक्रबार १० ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

मुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतकाेकाे प्रमुख आतिथ्यतामा १० ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बस्नेतले सम्बृद्धिकाे लागि सामुदायिक वनहरु आवस्यक रहेकाे जाेडदिनु भयाे । उपभोक्ताहरुकाे लागि मुलपानी सामुदायिक वनले सर्हानिय काम गरिरहेकाे भन्दै अगामि दिनमा वन उपभोक्ता समुहलाई थप उल्लासका साथ अगाडि बढ्ने प्रमुख अतिथि बस्नेतले विश्वास व्यक्त गर्नुभयाे ।

अध्यक्षकाे कार्य प्रगति विवरण वन समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएकाे,काेषाध्यक्षकाे प्रगति प्रतिवेदन काेषाध्यक्ष अवधेश कुमार यादव प्रस्तुत गर्नुभयाे भने लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयाेजककाे प्रतिवेदन लेखा संयाेजक यम नारायण लम्सालले प्रस्तुत गर्दै उपभोक्ता समुले आ.व २०७९/८० मा एक कराेड चाैबिस लाख छयहत्तर हजार साठी रुपैयाँ कुल आम्दानी गरेकाे र एक कराेड बीस लाख बयालीस हजार चार सय एकचालीस रुपैयाँ खर्च भएकाे जानकारी दिनुभयाे ।

कार्यक्रममा सुनवल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गिनी,महाकवि देवकाेटा क्याम्पस समितिका अध्यक्ष कृष्णप्रसाद लामिछाने,आदर्श सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दया जि.सी ,सामुदायिक रेडियो परासीका सुरेश यादव,सामुदायिक रेडियाे सुनवलका दिपक गैरे,पत्रकार राज चाैधरी लगायत सयौं जना उपभोक्ताहरुकाे उपस्थिति रहेकाे थियाे भने उपभोक्ता समुहका उपाध्यक्ष प्रभु लाल माैर्यले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रम संचालिका समीक्षा सिंजापतीले जानकारी दिनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित