Rashtriya Dainik

नवलपरासीको सरावल गाउँपालिकामा अपांगता भएका २६९ जनालाई परिचय पत्र

उमेश बि.क / नवलपरासी , १२ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्रका २ सय ६९ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको तथ्याङ्क अनुसार अपाङ्गताको अवस्था पहिचान गरि २ सय ६९ जना व्यक्तिलाई परिचय पत्र वितरण गरिएको जनाएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनालका अनुसार हालसम्म ‘क’ बर्गको अपाङ्गता भएका ४४ जनालाई रातो कार्ड, १ सय ४४ जना ‘ख’ बर्गका अपाङ्गता भएका व्यक्तिलाई निलो कार्ड, ६६ जना ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पहेलो कार्ड र १५ जनालाई ‘घ’ बर्गका कार्ड वितरण गरिएको छ ।

पालिकाभित्रका अपाङ्गता भएको नागरिकलाई आय आर्जनमा टेवा पुर्याउनका लागि विभिन्न सामाग्री वितरणका साथै शाखाले अपाङ्गता भएका व्यक्तिको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि एव सिपमुलक तालिम लगायत महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न तालिम प्रदान गरि ब्यवसाय सन्चालनका लागि सामाग्री समेत वितरण गरेको पालिका उपाध्यक्ष बासमति हरिजनले जानकारी दिनुभएको छ।

सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको भएपनि ‘ग’ र ‘घ’ वर्गलाई भने सुविधा प्रदान गरेको छैन । संघिय सरकारले रातो कार्ड भएका व्यक्तिलाई मासिक ३ हजार ९ सय ९० रुपैयाँ र निलो कार्ड भएकालाई २ हजार १ सय २८ रुपैया भत्ता प्रदान गदै आएको छ ।

सेतो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहने हुँदा काम गरी खान सक्ने भएकाले भत्ता बितरण नगरिएको हो तर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले राज्यले प्रदान गर्ने स्वास्थ्य, शिक्षा र रोजगारीमा छुटको व्यवस्था हुन्छ भने लोकसेवामा लड्न पाउने व्यवस्था गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित