कपिलवस्तु,१२ असोज
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ पिपरामा रहेको मदरसामा मदरसाका प्रधानाध्यापक अतिकुर रहमान तथा सो मदरसाका अध्यक्ष रहिस अहमद खाले मोहम्द डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै जनता सामाजबादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित सबैमा मोहम्द डेको सबैमा शुभकामना दिदै इस्लाम धर्मको रक्षा गर्नु सबै मुस्लिम समुदायको कर्तव्य रहेको, बिस प्रतिशत भन्दा बढी जनसंख्या भएको मुस्लिम समुदायको चाइनामा मोहमम्द डे, इद, बकर इद लगायत धार्मिक कार्यक्रम गर्न स्वतंत्रता न रहेको, मुस्लिम समुदायका अभिभावकले शिक्षा प्रति धेरै चासो दिनु पर्ने बताउदै मुस्लिम समुदायका बाल बालिका पनि भोलीका एसपी, सिडीओ, हुन भन्ने भावनाका साथ अभिभावक लाई शिक्षा प्रति लगानी लगाउन अपिल गरे।
मुस्लिम बाल बलिकालाई शिक्षाको मूलधारमा लगेर मुस्लिम समुदायको उत्थानमा सबै सरोकारवाला जोड दिनु पर्ने बताउदै देशको मूलधारनै शिक्षा रहेकाले शिक्षा प्रति विशेष जोडदिनु पर्ने बताए।
कार्यक्रममा सलिम अहमद, सगिर अहमद, मुर्तजा अलि, सब्बिर खान, सिराज आलम मदरसाका बाल बालिका तथा सरोकारवालाको उपस्थित रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

