Rashtriya Dainik

रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

सुरेश यादव /नवलपरासी ,असाेज १२ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

रामग्राम ७ उजैनी निवासी जय प्रकाश यादवले बाटोमा रहेको पोलको बत्ती निभाउन जाँदा करेन्ट लागेर मृत्यु भएको हाे ।

स्थानियका अनुसार उक्त विद्युत खम्बामा स्मार्ट लिङ्क वाईफाईको तार हाई टेन्सनको तारमा टासिन गएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकाररी रेशम वाेहराले जानकारी दिनुभयाे ।

पोलमा लुत्रिएको अवस्थामा रहेकाे स्मार्ट लिङ्क वाईफाईकाे हई टेन्सन उक्त तारमा छाेईएकाले पाेलकाे बत्ती निभाउने क्रममा छुईन पुग्दा यादवको मृत्यु भएको प्रत्यक्ष दर्शीले जनाएका छन् । नगरभित्र यसरी लुट्रिएको अवस्थाका तारहरु धेरै रहेकोले सम्भाबित दुर्घटना प्रति सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

विद्युत खम्बामा लुत्रीएको तारमा दोषी नेपाल बिधुत प्राधिकरण वा कस्को लापरबाहीले यसरी हुन गएको हो भन्नेबारे अनुसन्धान गरी तत्काल कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन स्थानियले माग समेत रहेका छन ।

मृत्यु भएका यादव सिदार्थ बैंक परासी शाखामा गार्डको काम गर्दै आएका थिए । घटना आज बिहान करिब ६ बजेर ३० मिनेटमा भएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित