Rashtriya Dainik

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको १४९८ औं जन्मजयन्तिको अवसरमा भब्य समारोह सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,११ असाेज

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको १४९८ औं जन्मजयन्तिको अवसरमा विनयी त्रिवेणी ७ मा एक भब्य समारोह सम्पन्न भएको छ।

इस्लामिया जमा मस्जिद संरक्षण संस्था मदर्सा इस्लामिया इमादुल ओलम विनयी त्रिवेणी ७ बनकट्टीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

इमादुल ओलम बिनयी त्रिवेणी ७ बनकट्टीका अध्यक्ष मुनिर अन्सारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा प्रमुख अतिथी समेत रहनु भएका विनयी त्रिवेणी ७ का वार्ड अध्यक्ष उमेश कार्कीले एक जुट भएर आपसी मेलमिलापको माध्यमबाट नै विकासलाई गन्तब्यमा पुर्याउन सकिने बिचार ब्यक्त गर्नु भयो ।

कार्यक्रममा विनयी त्रिवेणी ७ की वार्ड सदस्य शोभा क्षेत्री, टोल सुधार समिती का अध्यक्ष जम्मा प्रसाद पल्ली मगर, हिंसा मुक्त समाज विनयी त्रिवेणी ७ की अध्यक्ष भागिरथा घर्ती मगर , विश्व मर्दन शाह , आर.पि उपाध्याय , लगायतले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो ।

मोहम्मद पैगम्बर जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका ठूलो संख्याका नर नारीहरुले गाउँ टोल परिक्रमा गर्दै स्थानिय कब्रस्थान हुँदै सुस्ताको कुडिया गाउँमा समेत प्रभातफेरि गरि मोहम्म्द पैगम्बरको जिवनी सम्बन्धी गायन र नृत्य प्रस्तुत गरेको मुस्लिम समुदायका अगुवा जमालु दिन अन्सारीले जानकारी दिनु भएको छ ।

समारोहमा नेपाल प्रहरी सशस्त्र प्रहरीका स्थानिय युनिट प्रमुख,जनप्रतिनिधि, सन्चारकर्मी र ठूलो सङ्ख्यामा स्थानियको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा मुस्लिम समुदायका धर्म गुरु मौलाना शेर मोहम्मदले स्वागत सहित इस्लाम धर्म सम्बन्धि उपदेश बाचन गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित