Rashtriya Dainik

सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा हुमलाल भुषाल

राष्ट्रिय दैनिक / नवलपरासी , ११ असाेज

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा हुमलाल भुषाल आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे सरुवा भएपछि उक्त पदमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत भुषालले कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

कार्यालयको जिम्मेवारी सम्हाल्दै भुषालले कानुनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैब कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भुषाल अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाबाट साेहि कार्यभार समाल्न सुस्ता गाउँपालिका आउनु भएको हाे।

२०५० सालमा जन्मेका प्रमुख प्रशासकीय अधिकृत भुषालले रूपन्देही पुनरावेदन अदालतमा खरिदारबाट निजामती सेवा सुरू गर्नुभएको थियोे । लगत्तै डेढ बर्षपछि वहाँ सुब्बाको पदमा रहेर लेखापालमा यातायातमा काम गर्नुभयो । ५ बर्ष वहाँ लेखापालमा सेवा गरे संगै १८ महिना अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा रहेर काम गर्नुभयो ।

निजामती सेवामा लगभग साढे आठ बर्षकाे कार्यअनुभव लिएर वहाँ सुस्ता गाउँपालिका आउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित