Rashtriya Dainik

नवलपरासीमा पनि धुमधामका साथ मनाईयो १४९८ औं मोहम्मद ज्यन्ती

नवलपरासी , ११ असोज ।

पश्चिम नवलपरासीमा पनि मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला नवलपरासीका मुस्लिमहरु धर्मावलम्बीहरुले परासी सदरमुकाममा वृहद ज्लुस निकाली उक्त ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।

राष्ट्रिय ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा एक भव्य ज्लुस निकाली मोहम्मद ज्यन्ती मनाइएको हो । राष्ट्रिय ओल्मा काउन्सिल नेपालको आयोजनामा जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना मोहम्मद ज्यन्ती ज्लुसहरु रामग्राम २ हाटबजारमा जुटी एक भव्य ज्लुसको सकल दिइएको थियो ।

हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास, घोडपाली हुदै जिल्ला प्रशासन, घण्टाघर चोक हुदै बुद्धचोक स्थित एक कोण सभामा परिणत भएको थियो । ज्लुसमा हजार बढि मुस्लिमहरुको सहभागिता रहेको थियो । ज्लुमा सहभागीहरु, रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी ईस्लामि पोसाकमा सजिएका थिए । ज्लुसका सहभागीहरु ईस्लामि तथा राष्ट्रिय नाराहरु लगाई परासी बजारको परिक्रमा गरेका थिए ।

ईस्लाम धर्मका परवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउदै आएका छन् । बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिंयाले बताउनु भयो ।

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको छ ।

विश्वभरि संगै विहिवार नवलपरासीमा पनि ४० बढि गाउँहरुमा विहान स–साना मोहम्मदी ज्लुस निकाली गाउँभरि परिक्रमा गर्दै मोहम्मद ज्यन्ति मनाइयो । मोहम्मद ज्यन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजि सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ ।

कोणसभामा ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैदय गुलाम हुसैन मिँया, मुस्लिम समाजसेवी अमिरुल्लाह मिँया, कासिद अलि, मौलाना सैयद सद्दाम हुसैन मिया, मौलाना मोहरम अलि निजामी लगायतले मन्तब्य राखेका थिए । यस ज्लुसमा जिल्लाको विभिन्न पालिकाबाट मुस्लिम समाजसेवी, कर्मचारी, नेता, जनप्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित