Rashtriya Dainik

सशस्त्र प्रहरी बलद्वारा भारतबाट नेपाल भित्राइएको अवैध चामल बरामद

आरपि उपाध्याय / नवलपरासी , १० असाेज

पश्चिम नवलपरासीको दक्षिण सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले भारतबाट नेपाल भित्राइएको अवैध चामल र रस्कट बरामद गरेको छ ।

सुस्ता गाउपालिका वडा नम्बर ५ बनकट्टीबाट अवैध रुपमा नेपाल ल्याई सडकको छेउमै खेतको डिलमा बेवारिसे अवस्थामा राखिएको १ सय ९ बोरा चामल र प्रतापपुर गाउपालिका ५ धर्मौलीबाट २६ बोरा रस्कट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।

सशस्त्र प्रहरी बल बलिनगर विओपीका सशस्त्र प्रहरी निरीक्षक चेतन कुमार खड्का र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रसाद यादवको सयूक्त कमाण्डको गस्ती टोलीले अवैध चामल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति न्यौपानेले बताउनु भएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सयूक्त गस्ती टोलीले बरामद गरेको सामानलाई भंसार एैन बमोजिम आवश्यक कार्यवाहीका लागी भंसार कार्यालय बुझाउने प्रकृया अगाडी बढाइएको न्यौपानेले जानकारी दिनुभयो।

सुरक्षा निकायद्धारा ३ लाख मूल्य बराबरको बरामद गरिएको अवैध चामल ६ हजार किलो रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल गुठिप्रसौनी विओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाको नेतृत्वमा गएको टोलीले सुस्ता ५ धर्मौलीबाट बरामद गरेको २६ बोरा रस्कटलाई थप कारवाहिका लागी भंसार कार्यालय महेशपुर पठाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित