Rashtriya Dainik

भष्ट्राचारीलाई कारवाही गर्न माग गर्दै रामग्राम नगरपालिकामा चेतावनीको पर्चा पोस्टर !

नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘भष्ट्राचारीहरु जनताका शत्रु’रहेको पर्चा रामग्राम नगरपालिकाको कार्यालयको बिभिन्न स्थानमा टाँस गरेको छ ।

‘भष्ट्राचारीहरु जुनसुकै ओहोदामा बसेका भएपनि जनताका वर्गदुश्मन हुन् ।’ रामग्राम नगरपालिकाको कार्यालयको गेटमा पोस्टरको रुपमा टाँसिएको बिज्ञप्तिमा उल्लेख छ ।

पार्टीले नगरपालिकाको मुख्य गेट देखि सुचना पार्टी हुदै लेखा शाखा सम्मका बिभिन्न १९ स्थानमा चेतावनी स्वरुप पर्चा टाँस गरेको संयोजक समरले जानकारी दिनुभयो ।

उक्त पर्चामा रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियम विपरित २५ लाख रुपैया भत्ता लिएको बिषयलाई निकै महत्वका साथ उठाइएको छ ।

उहाँले भष्ट्राचार बिरुद्ध पार्टी कडा रुपमा प्रस्तुत हुने बताउदै भत्ता काण्डमा संलग्न उपर कारवाही नभए जनकारवाही गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित