राष्ट्रिय दैनिक / नवलपरासी, १० असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले इस्लाम धर्मको महत्त्वपूर्ण पर्व मोहम्मद जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा गरेको छ ।

पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले मोहम्मद जयन्तीको अवसरमा सरावल गाउँपालिका अन्तर्गतका सम्पुर्ण मुस्लिम दाजुभाई, आमाबुवा तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पर्वले धार्मिक सदभाव, भाइचारा तथा सहिष्णुतालाई थप बलियो बनाउन योगदान पुगोस भन्दै शुभकामना ब्यक्त गर्दै पालिका अन्तर्गतका सम्पुर्ण मदरसा तथा मस्जिदबाट मोहम्मद जयन्तीको अवसरमा निकालिने र्यालि,आयोजना हुने विभिन्न कार्यक्रम तथा जुलुसहरु शान्त वातावरण अपनाई ब्यवस्थित तरिकाले सतर्कता अपनाई चाडपर्व मनाउन पालिका बासीसंग अपिल गर्नुभएको हो ।
ईस्लाम धर्मका प्रवद्र्धक पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४९८ औं मोहम्मद जयन्ती बिहीबार ११ गते हर्षोल्लासका साथ मनाईंदैछ ।
जयन्तीको खुशीयालीमा मुस्लिम समुदायले र्याली तथा विभिन्न धार्मिक कार्यक्रम गर्दै आएका छन् ।
इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।
सो अवसरमा सरावल गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा अन्य सार्वजनिक संघ सस्थाहरु १ दिन ११ गते बिहीबार बन्द रहने गरि सार्वजनिक विदा गरिएको गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

