पर्सा ,१० असोज
पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा बिपक्षी हरुले ताला लगाई कार्यालय बन्द गर्ने धमकी दिएकोले बिपक्षीहरुको बहुमत नपुगेकोले असफल बनेका छन।
गाउँपालिकाको कार्यपालिका बोर्ड बसेको बैठक भदौ २९ गतेकाे निर्णय गरि गाउँपालिकाबाट १० जना कर्मचारीहरुलाई हटाएको बिषयमा बिपक्षीहरुले बिभिन बहाना बनाउदै बिना बोर्ड बैठकको निर्णयबाट हटाएको भन्दै गाउँपालिकामा असोज २ गते बिपक्षीहरुले धमकी पुर्ण ज्ञापनपत्र गाउँपालिकामा बुझाएका थिए।
बिपक्षीहरुले ज्ञापनपत्रमा लिखित भन्नेको थियो कि गाउँपालिकाले कर्मचारीहरुलाई काम काजमा नल्याए गाउँपालिकामा ८ गते ताला बन्द गरिने ज्ञापनपत्रमा उलेख गरिएको थियो। बिपक्षीहरु बहुमत नपुगेको कारण असफल बनेका छन ।
गाउँपालिकाको कार्यपालिका र गाउँपालिका सदस्यहरुको निर्णय अनुसार कर्मचारी हटाएको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

