काठमाडौं । उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नं ३ निवासी डिकबहादुर मगर ‘दिवाकर’को दुबै मृगौला फेल भएर उपचारत छन् ।
दिवाकर विगत एक महिनादेखि मृगौला फेल भएर काठमाडौंको वीर अस्पतालमा उपचार गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा मृगौला पिडित दिवाकरले उपचारको लागि सहयोगको अपिल गरेका छन् ।
कौशिला प्रा।वि।का प्रधानाध्यापकसमेत रहेका मृगौला पिडित दिवाकरले उपचारको लागि आफ्नो आर्थिक अवस्थाले नपुगेपछि सहयोगको लागि सबैलाई आग्रह गरेका हुन् ।
लामो समयदेखी अध्यापन गराईरहेका ४७ वर्षिय दिवाकर वीर अस्पतालमा डाईलोसिस गराउँदै आएका छन् ।

सहयोगको लागि डिकबहादुर मगरको नाममा रहेको प्राइम बैंक ताप्ली शाखाको खाता नम्बर ०७७००१३८ PS मा आर्थिक सहयोग गर्न सकिने छ । तथा 984-2979939 सम्पर्क राखेर सहयाेग गर्न सक्नु हुनेछ । सुबाश लामिछाने मगर

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

