Rashtriya Dainik

रास्वपा नेपालगञ्जको नगर भेला शनिवार हुने, सम्बोधन पार्टी सभापति लामिछानेले गर्ने

९ असोज, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्जको नगर भेलामा पार्टीका सभापति रवि लामिछाने आउने भएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको यही असोज १३ गते नेपालगञ्ज उपमहानगरपालिकाको भेला हुने कार्यक्रम तय भएको कार्यक्रम संयोजक नविन खड्काले जानकारी गराए ।

उनका अनुसार शनिवार बिहान ११ बजे नेपालगञ्ज स्थित सिद्धार्थ कटेजमा भब्य रुपमा कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको छ ।

उक्त भेलाबाट नगरको लागि नयाँ नेतृत्व चयन गरिनेछ । जस पश्चात नगर कार्यसमितिले पूर्णता पाउनेछ ।

नेपालगञ्जमा हुने भेलालाई सम्बोधन गर्न मुख्य वक्ताको रुपमा पार्टीका सभापति लामिछाने रह्नेछन भने रमेश प्रसाई पनि वक्ताको रुपमा सम्बोधन गर्ने बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले नाईल खबरलाई जानकारी दिए ।

क्षेत्रीय सभापति श्रेष्ठले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको नेपालगञ्जको यही शनिवार नगर भेला हुदैँछ । कार्यक्रमलाई भब्य रुपमा सफल पार्न पार्टीका सभापति रबि लामिछाने र रमेश प्रसाई नेपालगञ्ज आउने र वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’

‘सम्पूर्ण नगरवासी शुभचिन्तक एवं घण्टी मित्र उक्त कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन उपस्थित भईदिनहुन अनुरोध गर्दुछु ।’

कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भईसकेको हुनले लगत्तै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने कार्यक्रम संयोजक खड्काले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित