Rashtriya Dainik

लुम्बिनी प्रदेशका अर्थ मन्त्रालयद्वारा राउटेलाई दशै खर्च बापत २५ हजार प्रदान

दाङ,९ असोज । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराउनु भएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराउनु भएको हो ।अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए । उनीहरु प्रत्येक बर्ष तिज, दशै तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस अबसरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित