राष्ट्रिय दैनिक /नवलपरासी, ९ भदौ
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ३ सरावलमा रहेकाे हिमालय युवा क्लब सरावलले ३३ औँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिताको तयारी सुरु गरेको छ ।
सरावल गाउँपालिका वडा नं. ३ सरावलमा दशैकाे दिनसम्म आयोजना गरिने गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता असाेज १८ गते बिहीबार देखि सुरु भइ दशैकाे दिन सम्म सञ्चालन हुने छ । खेलकुद प्रतियाेगिताकाे तयारी स्वरुप विभिन्न समितहरु गठन गरिएको छ ।
युवाहरूलाई कुलतबाट बचाउन, राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्न ३३ औँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता सुरु गर्न लागेको क्लबको उपाध्यक्ष सन्दिप बि.ककाे जानकारी दिनुभएको छ ।
हिमालय युवा क्लबको सम्पन्न भेलाले ३३ औँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता गर्ने निर्णय गर्दै उपसमितिहरुको गठन गरेको हो ।
फुटबल खेलकाे जगेर्ना गर्ने उद्देश्यले हुन लागेकाे उक्त खेलमा सरावल गाउँपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका गरि ३५ वटा फुटबल समूह सहभागी हुने अनुमान गरिएको क्लबका सचिव सुनिल बि.कले जानकारी दिइएका छन ।
खेलमा प्रथम पुरस्कार – रु ४५ हजार ५ सय ५५ रुपैया , कप,मेडल, प्रमाणपत्र , द्वितिय पुरस्कार – रु २५ हजार ५ सय ५५ रुपैया , कप,मेडल, प्रमाणपत्र राखिएको छ ।
कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हिमालय युवा क्लबकाे आयोजनामा हुन लागेको उक्त खेलकुदमा दशैकाे दिन थारुहरुका विभिन्न नृत्य जस्तै झमटा, झुमरा, झर्रा, लाठिनाच साथै दशैकाे मेलालाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

