Rashtriya Dainik

प्रतिबन्धित लागूऔषध चरेश ३२ किलो सहित एक जना पर्सा प्रहरीको फन्दामा

वीरगंज ८ ,असाेज

प्रहरीले प्रतिबन्धित लागूऔषध चरेश ३२ किलो बरामद गरेको छ। पर्सा प्रहरीले अवैध लागूऔषध चरेश सहित ठोरीका क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण शाखा वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले स्वर्णपुरबाट वीरगंज तर्फ आउदै गरेको ना ६१ प ९७०० नम्बरको मोटरसाईकललाई जिराभवानी गाऊपालिका गम्हरिया स्थित सडकखण्डमा रोकी चेकजाँच गर्दा सेटमुनी बोरा भित्र ५०० ग्रामको ६४ पोका प्याकिङ गरि राखेको ३२ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।

पक्राउ परेका श्रेष्ठलाई लागू औषध सम्बन्धि कसूरमा मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित