नवलपरासी ,८ असाेज
चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ । महिला उद्यमी , वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तिकरणको लागि पाँच दिने तालिम बर्दघाट -७ मा सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपूर्ण हुने हुदा तालिम पश्चात् शिपको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।प्रमाणपत्र पत्र मात्रै नभएर जिविकोपार्जनका लागि सीप महत्वपूर्ण कुरा हुने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।

मुलत महिलाहरूलाई उद्यमशिलता सग जोड्नका निम्ति तालिमको आयोजना गरिएको चौधरी फाउन्डेसनका प्रोजेक्ट म्यानेजर बिकास देउजाले जानकारी दिनुभयो ।
स्थानिय स्तरमा उत्पादन हुने पौष्टिक खाद्य बस्तुलाई नै प्रयोग गरि पोषिलो आहार बनाई ब्यवसायिकता सग जोड्नु कार्यक्रमको मुल उदेश्य रहेको बलियो नेपाल सस्थाले जनाएको छ ।

मुलतः कोदोको केक,कोदोको हलुवा,मस्यौरा,बाल आहार,चिप्स जस्ता पौष्टिक आहार बनाउन सहभागीहरुलाई ५ दिन सम्म तालिम दिईने आयोजकको भनाई छ ।
तालिममा २६ जना महिलाहरूको सहभागीता रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

