राजन कुमार बानिया /पर्सा ,८ असोज
नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलि, प्रदीप चौधरी, लालबबु राम, सन्तोष पटेलको नेतृत्वमा नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका गलत ब्यवहार गर्ने कर्मचारीहरुको विरुद्धमा धर्नामा बसेका हुन ।
कर्मचारीले सेवा ग्रहिलाई अभद्र ब्यवहार गर्ने, धाक धम्की दिने, कार्यालयमा गेट बन्द गरि घेराभित्र पारी लाठी भठा सहित मारपिट गर्ने, विभिन्न सेवा शुल्क लिने, छिन छिनमा लाईन कटने, छापामार शैलीमा सहि मिटरको गलत मिटर भनी चरीत्र हत्या गर्ने विरुद्ध प्रदर्सन गरिएको छ ।
आवश्यक छानबिन गरि दोसि उपर कार्वाही गर्न इलाका प्रहरी कार्यालय पोखरियामा उजरी गरिएको र दोषीलाई कार्वाही नभए, कर्मचारीको ब्यवहारमा परिवर्तन नभए कडा आन्दोलन एवं संघर्षका कार्यक्रमहरु गरिने साहले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

