Rashtriya Dainik

बन्देबीमा पाँचौ गाउँले स्तरीय श्रीकृष्ण जन्माष्टमी कप फुटबल प्रतियोगिता सम्पन्न

उमेश बि.क / नवलपरासी , ८ असाेज

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर १ बन्देबीमा पाँचौ गाउँले स्तरीय श्रीकृष्ण जन्माष्टमी कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीयस्तरमा पनि यूवाहरुलाइ लक्षित गरी स्थानीयस्तरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नका लागि सुस्ता गाउँपालिका १ नम्बर वडा कार्यालयकाे सहयोग तथा बन्देबी बिकास युवा क्लबकाे आयाेजनामा पाँचौ गाउँले स्तरीय श्रीकृष्ण जन्माष्टमी कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

साेमबार धर्मबस्ती र सरावल बिच भएको फाइनल खेलमा धर्मबस्तीले सरावललाई सुन्यकाे विरुद्ध एक गाेल गरि बिजय भएको हाे।

खेलमा बिजेता धर्मबस्तीलाई २५ हजार ५१ रुपैया नगद सहित मेडल ,कप र प्रमाणपत्र प्रदान गरिएको हाे।

त्यस्तै उपबिजेता सरावललाई १५ हजार ५१ रुपैया नगद सहित मेडल ,कप र प्रमाणपत्र प्रदान गरिएको हाे।

क्लबका सचिव बृजलाल बिनकाे अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्यायकाे प्रमुख आतिथ्यतामा भएको खेलकुदलाई सम्बाेधन गर्दै अध्यक्ष उपाध्यायले खेलकुद हार र जितको लागी भन्दा पनि खेलकुद मानिसका लागि अपरिहार्य रहेको बताउनभयो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियो । साथै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै सुस्ता १ का वडा अध्यक्ष अशाेक चाैधरीले युवाहरु बिकासको साझेदार बन्न सकेमात्र समृद्ध सुस्ता गाउँपालिकाकाे अवधारण पुरा हुदै जाने र युवाहरुलाई खेलकुद संगसंगै सुस्ताकाे पुर्वाधार विकासमा संलग्न हुन सके युवाहरु स्वरोजगार र आत्मनिर्भर बन्न सक्ने बताउनु भएको थियो।


प्रतियोगितामा क्लबकाे इतिहास र क्लबले गरिरहेका गतिविधिबारे सल्लाहकार भिम पन्जियार धारणा राख्नुभएको थियो । भने खेलकुद कार्यक्रम समापन समारोहकाे सन्चालन तारा न्याैपानेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित