Rashtriya Dainik

आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभए पनि हुने

काठमाडौं, ८ असाेज ।

सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।

न्यायाधीशद्वयले गत साउन २३ मा जारी गरेको परमादेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेश जारी गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित