Rashtriya Dainik

जिल्ला ट्राफिक कार्यालय पुर्वी नवलपरासीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,८ असाेज

जिल्ला ट्राफिक कार्यालय पुर्वी नवलपरासीको आयोजनामा सरोकार बाला निकायको बोली व्यबहार यात्राको क्रममा भोग्नु परेको समस्या समाधान सम्बन्धि अन्तर्कृया कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।

कावासोती नगरपालिका वार्ड न ३ का वार्ड अध्यक्ष डोर मान गिरीको प्रमुख आतिथ्यतामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरकृया कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख ट्राफिक निरीक्षक अच्युत राज आचार्यले सेवा प्रदायक र सेवा ग्राहिको सामुहिक प्रयासबाट नै ट्राफिक सचेतना एवं व्यवस्थापन कार्य सरल र सहज ढंगबाट गर्न सकिने धारणा राख्नु भयो ।

अन्तर्कृया कार्यक्रममा यातायात व्यावसायि प्रा.लि का प्रतिनिधि ,अपाङ्गता सेवा संस्थाका प्रतिनिधिहरुको सहभागितामा सार्वजनिक सवारीसाधन हरुमा सरकारबाट तोकिएको आरक्षण सिटको आरक्षण कार्यान्वयन, चालक सहचालकहरुले अपांगता भएका ब्यक्तिहरुलाई गर्ने बोली व्यवहार र यात्रा गर्दा भोग्नु परेका समस्या बारे छलफल भएको जिल्ला ट्राफिक कार्यालय कावासोतीले जानकारी दिएको छ । अन्तर्कृया कार्यक्रममा निस्केको निस्कर्षलाई सम्बन्धित सबै पक्षले पुर्ण पालना गर्नु पर्ने निष्कर्ष निकालिएको थियो ।


ट्राफिक निरीक्षक आचार्यले सहजीकरण गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको बताइएको छ।
यस पुर्व पनि जिल्ला ट्राफिल कार्यालय नवलपुरले ट्राफिक सचेतना र लागू औसध दुर्ब्यसनी न्यूनीकरण सम्बन्धि तालिम र गोष्ठी संचालन गर्दै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित