Rashtriya Dainik

अविवाहितले पाउने भए भत्ता

काठमाडौँ । गुल्मी दरबार गाउँपालिकाले अविवाहित महिला पुरुषलाई भत्ता दिने भएको छ ।

गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको छ ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअन्तर्गत श्रावण महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने गरी सूचना प्रकाशन गरेको छ ।

अविवाहित पुरुष र महिला पनि कुनै न कुनै रुपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस हुन नदिन मासिक एक हजारका दरले भत्ता दिने गाउँपालिकाकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिन यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागू हुने गरी भत्ता प्रदान गर्न लागिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित