राष्ट्रिय दैनिक / नवलपरासी, ७ असोज
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाईलाई सम्मान सहित विदाई गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई खादा ओढाएर मायाको चिनो सहित सम्मान तथा बिदाई गरिएको हो ।

विदाई कार्यक्रममा बाेल्दै सुनवल नगरपालिकाका मेयर बिमला अर्यालले नगरपालिकामा अधिकृतको रुपमा प्रमुख भक्तिराम मरासिनी प्रशासकीय आएपछि नगरपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गर्न महत्वपूर्ण भुमिका निर्बाह खेलेको तथा कार्यसम्पादनमा विशेष भुमिका निबार्ह गर्दै नगरपालिकालाई नमुना बनाउन दिइएको योगदानको चर्चा गर्नु भयो ।
निकै ईमान्दार, कर्मठ तथा मिहिनेती प्रशासकिय अधिकृत मरासिनीले आफ्नो कार्यकालमा इमान्दारीपूर्वक र मिहिनेतसाँथ काम गरेको बताउदै वहाँलाई नगरपालिका र सुनवल गाउँवासीको तर्फबाट हार्दिक आभार प्रकट गर्दै पदीय मर्यादालाई ख्याल गर्दै आफ्नो क्षमताले भ्याएसम्मको सेवा प्रदान गर्नुभएकोमा धन्यवाद दिदै भावी जीवन अझ सुखमय र उपलब्धीले भरियोस भनि शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै नगरपालिका उपमेयर सुर्य प्रसाद दुबेले मरासिनीको सरुवाले परिवारबाट सदस्य छुटे जस्तै अनुभव भएको बताउदै कहिलेकाही घरपरिवार पनि तिता मिठा कुरा हुन सक्छ यी सब भुलेर नगरपालिकालाई कसरी राम्रो बनाउने भन्ने सोचनु भयो उहाँलाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

विदाई कार्यक्रममा वडा नं. १ देखि १३ सम्मका वडा अध्यक्ष तथा नगरकार्यपालिका पदाधिकारी, कर्मचारी लगाएतको सहभागीता रहेको थियो । मरासिनी २०७९ भदौ १ गते आउनु भाको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

