Rashtriya Dainik

पर्सा प्रहरीद्वारा लागुऔषध चरेशसहित एकजना पक्राउ

पर्सा ,७ असोज

पर्सा प्रहरी ठूलो परिमाणमा लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको गम्हरिया स्कुलको छेउ बाट ३२ किलोग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा पर्सा क्रईम टोली र ईलाका प्रहरी सेढवाको सयुक्त टोलीले नेपालबाट भारततर्फ गइरहेको अवस्थामा जाँचको क्रममा ६४ वटा पोकामा रहेको लागुऔषध चरेश बरामद गरेको छ ।
प्रहरीले चरेशसहित ठोरी गाउँपालिका ४ विजयबस्तीका क्षेत्रबहादुर श्रेष्ठलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले बताए । उनको साथबाट पक्राउ गरिएको मोटरसाइकलको नम्बर भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरी जनाएको छ ।
पक्राउ परेका चरेशसहित व्यक्ति र मोटरसाइकललाई अहिले थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित