उत्तमकुमार थापा /बझाङ ,७ असाेज
स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको छ ।
आज एक कार्यक्रमका साथ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको हाे ।
प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिहदरवारमा बुझाएको थियाे । ज्ञापनपत्रमा लेखिएको छ । नेपालकाे सविधानले स्थानीयतहलाई स्थानीय सरकारको रुपमा परिकल्पना गरेकाे छ । साेहि अनुरुप लाेकतन्त्रकाे आधारभुत तहकाे रुपमा स्थानीय सरकार सञ्चालनमा देखिन्छ ।
सरकारले स्थानिय तहमा सरकारकाे अनुभुति भएको भएता पनि कर्मचारीहरुका थुप्रै माग पूरा हुन नसकेकोमा असन्तुष्टि जनाउदै ज्ञापनपत्र बुझाएको सँघर्ष समिती अध्यक्ष झलक दाैल्यालले बताए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पनि स्थानीय तहमातहतकाे हुनुपर्ने र अन्य ऐनमा सबै हकअधिकार समेटिनु पर्ने सर्घष समिति बझाङले जनाएको छ ।

आज बुझाएको ज्ञापनपत्रमा १९ बुदे मागहरु रहेका छन । समितिले आज बाट आन्दोलनमा रहेको जनाएको छ । माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिनु भयाे । यता प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने,हामी सबै कर्मचारी भएको भएर जनतालाई मार्मा नपर्ने गरि आन्दाेलन गर्न निर्देशन दिएका छन । देश ब्यापिरुपमा आन्दोलन जारी रहेकाे छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

