राष्ट्रिय दैनिक / नवलपरासी , ६ असोज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा अवस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बासाबसाही सेवा केन्द्रको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मुल सन्चालक समितिकाे अध्यक्ष कुलदिप आचार्यकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकाे अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले बर्दघाटमा स्थापना भइ सरावलमा सेवा केन्द्र खोली राम्रो सेवा प्रवाह गरेकोमा जनकल्याणलाई आभार प्रकट गर्नु भयो । चौधरीका भन्नुहुन्छ -” अहिले सहकारी क्षेत्रमा केहि समस्या आएको छ । यी सबै समस्याहरु शेयर सदस्य र संचालकहरु मिलेर अगाडि बढे अहिले देखिएका सबै सहकारीका समस्या समाधान गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले संस्थाको आर्थिक बर्ष २०७९/८० मा आर्थिक प्रतिबेदन आगामी नीति प्रस्तुत गर्नु भयो । बिगतमा १ लाख रुपैयाको दुर्घटना बिमालाई अहिले ३ लाख बनाइएको गत आर्थिक बर्ष ७ करोड १२ लाख आम्दानी गरेको र ५ करोड ८५ लाख खर्च गर्दै १ करोड २६ लाख नाफा कमाएको बासाबसही सेवा केन्द्रकाे समयाेजक हरि ढकालले बताउनुभयो ।
शेयर वृद्धि निति, बचत निति , ऋण निति, शेयर सदस्य बन्न, बनेका शेयर सदस्यले सेयर रकम थप गर्न, नियमित बचत गर्ने, कर्जाको किस्ता समयमा नै तिर्न सस्थाका अध्यक्ष कुलदिप आचार्यले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” जनकल्याण सहकारी निति र बिधीमा संचालक रहेकाले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्नुहोस् ।”

संस्था स्थापना दिवसको अवसरमा असोज र कार्तिकमा सदस्य बन्दा प्रवेश शुल्क नलाग्ने अध्यक्ष आचार्यको भनाइ छ ।
कार्यक्रममा शेयर सदस्य बिष्णु पाण्डे, चिरञ्जीवी अर्याल, मणि प्रसाद बस्याल, सरावल १ का वडा अध्यक्ष बिष्णु प्रसाद भट्टराइ लगायतले बोल्दै सहकारीको सेवा प्रवाह सङ्ग सम्बन्धि जिज्ञासा राख्नु भएको छ ।
बासा बसाही सेवा केन्द्रका हरि प्रसाद ढकालको स्वागत रहेको कार्यक्रमको संचालक सचिब चेत नारायण भण्डारीले गर्नु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

