Rashtriya Dainik

ओल्मा काउन्सिल नेपालद्धारा नवलपरासीमा राष्ट्रिय एकता सम्मेलन

नवलपरासी , ६ असोज ।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाललाई रंगिचंगी फुलबारी बगैचाको संज्ञा दिनु भएको छ । सानो राष्ट्र नेपालमा जातजाती, धर्म संस्कृतिको विविधता रहेपनि यि सबै धर्म संस्कृति मान्नेहरु निकै मिलेर बसेकाले यो देश एक रंगिचंगी फुलबारीको बगैचा रहेको जिकिर गर्नु भयो ।

ओल्मा काउन्सिल नेपालद्धारा आयोजित नवलपरासीमा राष्ट्रिय एकता सम्मेलन सम्बोधन गर्न आएका राष्टिय सभा अध्यक्ष तिमिल्सिनाले यसरी मिलेर बसेको समाजमा केहि अराजत तत्वहरुले धार्मिक सहिष्णुता र सदभाव खलबलाउने कार्य गरिरहेको पाईएको हुँदा उक्त विरुद्ध सबै धर्मवालम्बीहरु एक भएर लाग्नु पर्ने जोड दिनु भयो ।

ईस्लाम धर्मका पैगम्बर मोहम्मद साहबको मोहम्मद ज्यन्तीको पुर्व सन्ध्यामा धार्मिक सहिष्णुता कायम गर्न र सामाजिक सदभाव संगै देशमा अमनचयन कायम गर्ने उद्देश्यले आयोजित राष्टिय एकता सम्मेलनको उहाँले प्रशंसा गर्दै यस्तो एकता सम्मेलन सबै प्रदेशमा हुनु पर्ने र पहिलो कोशि प्रदेशबाट शुरु हुनु पर्नेमा राष्टिय सभा अध्यक्ष तिमिल्सिनाले जिकिर गर्नु भयो ।
सम्मेलनमा राष्टियसभा अध्यक्ष एवं हिन्दु, मुस्लिम, बौध र क्रिस्चियन धर्मका धर्म गुरुहरु एक साथ कबुतर उडाएर शान्तीको सन्देश पनि दिएका हुन् । सम्मेलनमा हिन्दु, मुस्लिम, बुद्ध र क्रिस्चियन धर्मका धर्म गुरुहरुले यस जिल्लामा धर्मका नाममा कुनै खालको द्धन्द्ध र हिंसा हुन नदिन एक हुने र सामाजिक सदभाव र देशमा शान्ती स्थापनाका लागि सबै धर्मावलम्बीहरु एकजुट भएर अगाडी बढने निष्कर्ष निकाले थिए ।

सम्मेलनमा ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मिँया, मुस्लिम आयोगका सदस्य मिर्जा असद बेग, प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, रामग्राम नगरपाकिला प्रमुख धनपत यादव लगायतले यस सम्मेलबाट राष्टिय एकता कायम गर्ने र समाजिक सदभाव थप मजबुद बनाउनु हामी सबैको सामाजिक उत्तरदायित्व रहेको जिकिर गरे । फुटेज र बाईट छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित