आरपि उपाध्याय / नवलपरासी , ६ असाेज
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत फेनहरामा मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिदा साइकल यात्रुको उपचारको क्रममा मृत्यु भएको छ।
सुस्ता ३ फेनहरा स्थित हुलाकी सडक खण्डमा मोटरसाइकलले साइकल यात्रुलाइ ठक्कर दिदा सुस्ता ३ बस्ने वर्ष ६३ को पारस यादवको टाउकोमा गम्भीर चोट लागि उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रताप यादवले जानकारी दिनुभएको छ।
मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका यादवको सामुदायिक अस्पताल चौपत्तामा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
यु.पि.५६जे.८८४५ नम्बरको प्लाटिनो मोटरसाइकल चालकले साइकल यात्रुलाई ठक्कर दिई घाइते बनाएपछी ट्राफिक सहित ईलाका प्रहरीको जनशक्ति घट्नास्थलमा पुगि घाइतेलाई अस्पतालमा पुर्याइएपनी घाइतेलाई बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ।
घट्नास्थल ईलाका प्रहरी कार्यालय बेलाटारीदेखी २ कि.मि. को दुरीमा रहेको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

