Rashtriya Dainik

आइतबार सुस्ता गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा सार्वजनिक बिदा

उमेश कि.क / नवलपरासी ,६ असाेज

तराई क्षेत्रमा मनाइने महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

पालिकाले सुचना जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

पालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु, वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुमा स्थानिय बिदा रहने सुस्ता गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्यायले जानकारी दिनुभएको हाे।

सुस्ता गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्याय तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ‘ दिपक ‘द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ मिति २०८० साल असोज ७ गते आइतबारका दिन तराई क्षेत्रमा मनाइने महत्त्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस पालिकाकाे कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु, वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुमा स्थानीय बिदा दिने सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

यसैबिच पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ‘ दिपक ‘ले बड्की आइतबारीको अवसरमा पालिकाबासी सबैलाई शुभकामना समेत दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित