राष्ट्रिय दैनिक /नवलपरासी , ६ असाेज
पश्चिम नवलपरासीकाे सरावल ६ गुज्जरटाेलबाट ४६ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती साढे ११ बजे उक्त अवैध मालसामान बरामद गरेको हो ।
सरावल गाउँपालिका ६ भुजहवाबाट परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर चेकजाँच गर्दा भन्सार छली ल्याइएको सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका ५ का बशिस्ठ थारुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो।
बरामद भएको सामानमा जुत्ता, चप्पल, पेन्सिल लगायत घरायसी प्रयोगको सामान २७ लाख ५० हजार र कन्टेनर १९ लाख बराबरको छ ।
बरामद सामान, कन्टेनर र चालक समेतलाइ आवश्यक कारवाहीको लागि आज भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

