Rashtriya Dainik

गाेबरहिया कृषि सहकारी संस्थाकाे तेस्रो बार्षिक साधारणसभा ,२ करोड बढीको कारोबार

उमेश बि.क / नवलपरासी , ६ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा अवस्थित गाेबरहिया कृषि सहकारी संस्था लिमिटेडकाे तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाकि अध्यक्ष तिल कुमारी चाैधकीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको हाे।

साधारणसभालाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारी अभियानको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । अब किसानले कृषि क्रान्ति गर्ने दिन आएको बताउँदै वैज्ञानिक तथा आधुनिक कृषि यन्त्रको प्रयोग गरी खेती गर्नाले कम लागतमा उच्चतम उत्पादन गर्न सकिने बताउँदै किसानहरुले आधुनिक कृषि प्रणाली अपनाउनुपर्ने बताउनुभयो । सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउनुभयो अहिलेसम्मको लगानी र क्षेत्र उत्पादनमूलक क्षेत्रमा रहेको पाइएको र आर्थिक, समाजिक क्षेत्रमा सहकारी केन्द्रित रहेको भन्दै प्रशंसा गर्दै पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताउनुभयो ।

बार्षिक साधारणसभामा जिल्ला सहकारी संघ काेषाध्यक्ष हैदर अलि माेमिन ,पुर्व जिल्ला शिक्षा अधिकारी अब्दुल राैफ खान ,राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क ,लेखा संयाेजक शिव प्रकाश चाैधरी , कर्जा प्रमुख सुरेश प्रसाद चाैधरी लगाएतले सहकारीको बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।


२२० जना शेयर सदस्य रहेका सो सहकारीमा दुई करोड बढीको कारोबार गरी ९ लाख नाफा आर्जन गरेको संस्थाका अध्यक्ष चाैधरीले जानकारी दिनुभयो । सहकारी सरावल गाउँपालिका वडा नम्बर ४ अन्तर्गत कार्यक्षेत्र बनाई काम गरेको छ।

सल्लाहकार सुजाता आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मिना के.सिले गर्नुभएको थियो । सभामा विगत वर्षमा झैँ छनोटमा परेका सदस्यहरूलाई जेष्ठनागरिक सम्मान लगायत विभिन्न विधामा पुरस्कृत एवम् सम्मानित गरिएको संस्थाको कर्जा प्रमुख सुरेश प्रसाद चाैधरीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित