राजन कुमार बानिया / पर्सा, ६ असोज
पर्साको धोबिनी गाँउपालिकामा आज नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)को पालिका स्तरिय भेला सम्पन्न भएको छ ।
नेकपा एमालेका मेधश प्रदेश समिती सदस्य सलाउदिन अहमदको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी अहमदले मानव स्वास्थ्यका लागि खेलकुदले महत्वपूर्ण भुमिका खेलेको बताउदै दैनिक जिवनमा शारिरिक व्यायम मान्छेका लागि अनिवार्य शर्तका रुपमा जोडिनु पर्ने कुरामा जोड दिएका थिए ।
स्वास्थ्य शरीर नै मान्छेको असली सुख र आनन्द भएको र खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार हुने हुँदा खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढन सरकारलाई सुझाव दिएका थिए ।
खेलको माध्यमबाट विश्वमा जोडिने र देशको समेत गौरव बढ्ने हुदा राज्यले खेलतर्फ बिशेष ध्यान दिन जरुरी रहेको बताएका थिए। अहमदले खेल मानव जीवनको महत्वपूर्ण अंग भएको र हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्ने हुदा यसप्रति राज्य गम्भिर हुनुपर्ने बताएका थिए ।
नियमित खेल खेलिदा शारिरिक र मनोवैज्ञानिक कैशलतामा निखार आउने उहाँको दावी थियो । नेपालको हरेक भुभागमा खेलिने खेलहरु फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र नभई पहिचान र समृद्धिसँग पनि जोडिएकोले यि खेलको संरक्षण र प्रवद्र्धनमा सरकारले बिशेष जोडदिनुपर्ने अहमदको भनाई थियो ।
भेलाले फैयाज अहमदको अध्यक्षतामा २५ सदसिय समिति गठन गरेको छ । नवगठित समितीको उपाध्यक्षमा धिरज साह,अजय कुमार,सुरज राम , महेश ठाकुर, कोषाध्यक्षमा अभिषेक प्रसाद पटेल, सचिव विशेश्वर पटेल, उपसचिव रामप्रवेश कुमार पटेल, सदस्यहरुमा धनु पाण्डे,सुरज कुमार राम, अकलेश साह, बिकी कुमार राम, मंजित पटेल, अजयराम पाल, सुन्दर तुरहा, रफिक अंसारी,गुल्फान अंसारी, बिकी पटेल, सनि पटेल, बिकाश कुमार साह, अनिस अंसारी,कन्हैया गुप्ता, अनिल साह, रवि कुमार पटेल,अनिल साह रहेको नेकोसका केन्द्रिय सचिव शिवजि गुप्ताले जानकारी दिए।
भेलामा एमालेका नेता वृजेश्वर चौधरी, कन्हैया द्विवेदी,सुनिल साह, विरेन्द्र साह, पन्नलाल पटेल, अजय पटेल लगायतको उपस्थिती थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

