काठमाडौं । ठमेलको ऐतिहासिक कमलपोखरी मासेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन गरिएको छ । शुक्रबार छायाँदेवी कम्प्लेक्स अगाडि सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीले सर्वोच्च अदालतबाट न्याय सम्पादनमा ढिलाई नगरी फैसलाको अनुरोध पनि गरे ।
छायाँ कम्प्लेक्सबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको ३० सौं पटक पेशी भएपनि फैसला नभएको र असोज ७ गते ३१औं पटक पेशी तोकिएको भन्दै सम्पदा विनास नहुने गरी न्यायको आशा व्यक्त गरिएको छ ।
लिच्छवीकालिन ठमेलको पोखरी रहेको तथ्यहरु प्रमाणित भएपछि छायाँ कम्प्लेक्सका शेयरधनी र सञ्चालकहरुले अदालतमा पेशी सार्दै फैसला धकेल्दै लगेका छन् । पोखरी माँस्न बर्षौसम्म योजना बनाइएको र शक्तिशाली व्यक्तिहरु मिलेर शेयर हात पारेर १५ तल्ले भवन ठड्याएको खुलिसकेको छ ।

छायाँ कम्प्लेक्स बनाउन पृथ्वीबहादुर पाण्डेको मुख्य भूमिका देखिएको छ । त्यसबाहेक पूर्वअर्थमन्त्री रामशरण महतका परिवार, पूर्वसेनापति प्रज्ववल शमशेर राणालगायत शक्तिशाली व्यक्तिहरु पनि संलग्न देखिएका छन् । उनीहरुको छायाँ सेन्टरमा लगानी देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

