Rashtriya Dainik

आइतबार सरावल गाउँपालिकामा सार्वजनिक बिदा

उमेश कि.क / नवलपरासी ,६ असाेज

तराई क्षेत्रमा मनाइने महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

पालिकाले शुक्रबार एक सुचना जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

पालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु, वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुमा स्थानिय बिदा रहने जनाइएको छ।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ मिति २०८० साल असोज ७ गते आइतबारका दिन तराई क्षेत्रमा मनाइने महत्त्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस सरावल गाउँपालिकाकाे कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु, वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुमा स्थानीय बिदा दिने यस कार्यालयको भाद्र ८ गतेको निर्णयअनुसार सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

यसैबिच पालिका अध्यक्ष चौधरीले बड्की आइतबारीको अवसरमा पालिकाबासी सबैलाई शुभकामना समेत दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित