Rashtriya Dainik

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

काठमाण्डाै – १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन आज चीनको हान्झाउ सहरमा हुँदैछ । केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन चीनका राष्ट्रपति सी जीनपिङले गर्नुहुनेछ । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । आज हुने उद्घाटन समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ । हर्ट टु हर्ट एट फ्युचर अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म मूल नारा रहेको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोमा हुने मार्चपासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले बोक्ने भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित