५ असोज, बाँके
बाँकेको कोहलपुरमा मिस्टर एण्ड मिस २०८० हुने भएको छ । कोहलपुरमा एक पत्रकार सम्मेलन मार्फत सौन्दर्य प्रतियोगिता अर्थात मिस्टर एण्ड मिस २०८० हुने भएको आयोजकले जनाएको छ ।
सम्मेलन मार्फत आयोजक शारदा इभेन्टले कार्यक्रमको सम्पूणर् तयारी भईसकेको जानकारी गराउदै पहिलो चरणको अडिशन भोलि शनिवार कोहलपुरमै हुने बताएको छ ।
अर्को चरणको अडिशन एक साता पश्चात अर्थात असोज १३ गते गर्ने आयोजक रौनिस राज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो चरणको अडिशनका लागि कोहलपुरलाई बुझेका चार जना स्थानीय निणर्ायक रह्नेछन भने अन्तिम चरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका निणर्ायक रह्नेछन ।
‘उत्खनन् प्रतिभाको, पहिचान कलाको’ भन्ने मुल नाराका साथ हुन लागेको मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता सिजन २ का विजेतालाई आर्कषक नगद पुरुस्कार तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिनेछ ।
आयोजक तथा शारदा इभेन्टका सिईओ गौतमले पत्रकारलाई जानकारी गराउदै विजेतालाई नगद एक लाख र २ लाखको शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने बताए ।
उनले भने, ‘नगद पुरस्कार अन्र्तगत विजेतालाई २५/२५ हजार नगद, फस्ट रनअरलाई १५/१५ हजार र सेकण्ड रनअरलाई १०/१० हजार नगद तथा अन्य उपहार उपलब्ध गराईनेछ ।’
‘शैक्षिक छात्रवृत्ति अन्र्तगत ५०/५० हजार, फस्ट रनअरलाई ३०/३० हजार र सेकण्ड रनअरलाई २०/२० हजारको शैक्षिक छात्रवृत्ति उपलब्ध गराईने छ ।’
उक्त छात्रवृत्ति स्वदेश तथा विदेशका लागि समेत प्रदान गरिने र विजयी भएकाले यो सुविधा ५ वर्षभित्र लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
उक्त प्रतियोगितामा १५ वर्ष देखि २५ वर्ष सम्मका प्रतिस्पर्धीलाई समावेश गरिएको छ । दुई चरणको छनोट प्रक्रिया पश्चात २० दिनको तालिम समेत दिईने आयोजकले जनाएको छ । आयोजकले प्रतिस्पर्धीका लागि रु. एक हजार प्रवेश शुल्क निर्धारण गरेको छ भने तालिमको लागि रु. १२ हजार तोकेको छ । यस प्रतियोगितामा कोहलपुरमा बसेर करिब २ देखि ३ वर्ष सम्म बुझेको अनुभव हुनुपर्नेले मात्रै सहभागिता जनाउन सक्नेछन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

