Rashtriya Dainik

आन्दाेलले विद्यार्थीकाे भविष्य नबिग्रियाेस,विद्यालय सन्चालनगरी आन्दाेलकाे गर्नुस:अध्यक्ष उपाध्याय

राष्ट्रिय दैनिक / नवलपरासी ,४ असाेज

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले विद्यालय पुर्णरुपमा बन्द हुदा विद्यार्थीकाे भविष्य बिग्रिन सक्ने भएकोले विद्यालय सन्चालनगरी आन्दाेलकाे गर्न आदेश दिनुभएको छ ।

बिहीबार शिक्षकहरु नेपाल शिक्षक महासंघ नवलपरासीको ध्यानाकर्षण पत्र बुझाउन आएको समयमा पालिका अध्यक्ष उपाध्यायले शिक्षककाे मागमा नैतिक समर्थन रहेको बताउदै आन्दाेलकाे कारण विद्यार्थीकाे भविष्य नबिग्रियाेस भनेर विद्यालय सन्चालनकाे लागि सबै प्रधानाध्यापक आदेश दिनुभएको हाे।

शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुकोसमेत समर्थन रहेको भन्दै त्यस्ता मागहरु सरकारसमक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गर्नुको सट्टा वैकल्पिक विधिहरु अपनाउन सुझाएका दिनुभएको हाे।

विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्ने बताउदै विद्यालय सन्चालनगरी आन्दाेल जारी राख्न आदेश दिनुभएको हाे।

सुस्ता गाउँपालिका अन्तर्गत १७ वटा सामुदायिक विद्यालय रहेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित