Rashtriya Dainik

तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता गुठी सुर्यपुरामा सम्पन्न

नवलपरासी / ४ असोज

विश्वकर्मा बाबा पुजाको अवसरमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ७ गुठी सुर्यपुरा युवा परिवारको आयोजनामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता विहीबार एक समारोहका बिच सुर्यपुरामा सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका वडा न.७ का वडा अध्यक्ष हरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले खेलकुदको माध्यमबाट पनि युवा वर्गलाई जिल्ला र राष्ट्रिय तहसम्म पहिचान बनाउन सकिने धारणा राख्नुभयो।
अध्यक्ष यादवले खेल नियमको परिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउदै यादवले प्रतापपुर गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा युवाहरुको माग र चाहना बमोजिम थप खेल नीति बनाइ कार्यान्वयन गरिने जिकिर गर्नुभयो।
एक प्रसङ्गमा अध्यक्ष यादवले राजनितिमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउदै अस्वस्थ प्रतिस्पर्धा गरेर अगाडी बढ्ने नेताहरू जनताबाट टाढिदै जाने र अन्त्यमा सत्य र न्यायको नै जित हुने विचार व्यक्त गर्नुभयो।
सम्पन्न भलिबल प्रतियोगितामा माकर भलिबल टिमले डबिला भलिबल टिमलाई २ को विरुद्ध ३ सेटले पराजित गरि नगद २५ हजार सहित कप र मेडल जित्न सफल भएको थियो।
प्रतियोगिताको उपविजेता डबिला भलिबल टिमले नगद १५ हजार सहित कप र मेडल प्राप्त गरेको बताइएको छ।
भलिबल प्रतियोगितामा सुर्यपुरा भलिबल टिमले तेस्रो स्थान प्राप्त गरि नगद १० हजार सहित कप प्राप्त गरेको कार्यक्रम सञ्चालक ब्यासमुनी कुशवाहले जानकारी दिनुभएको छ।
त्यसैगरी भलिबल प्रतियोगितामा बाउन्न गढी भलिबल टिम भिठ्ठा सान्त्वना भएको छ भने सुर्यपुरा भलिबल टिमका मनिष महतो बेस्ट खेलाडी घोषित भएको आयोजकले बताएको छ।
भाद्र ३१ गतेदेखि प्रारम्भ भएको वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा ३० भलिबल टिमहरुको सहभागिता रहेको थियो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको भलिबल प्रतियोगिताको समापन समारोहमा जनप्रतिनिधि,खेलप्रेमी र ठूलो सङ्ख्यामा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा न.७ का सचिव केशव तिवारी,पत्रकार महासंघ पश्चिम नवलपरासीका संस्थापक सदस्य आर.पि. उपाध्याय लगायतले शुभकामना सहित खेलकुदको महत्वमाथी प्रकाश पार्नुभएको थियो।
भलिबल प्रतियोगितामा भलिबलका राष्ट्रिय खेलाडी रामनाथ चौधरीले रेफ्रीको भुमिका निर्वाह गर्नुभएको थियो भने स्थानीय युवा आकाश कुशवाहले खेलको अवधिभरी नै प्रत्यक्ष प्रसारण गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित