Rashtriya Dainik

रामग्राम स्तुपमा दिप प्रज्वलन गरि मनाइयो विश्व शान्ति दिवस

राष्ट्रिय दैनिक / नवलपरासी, ४ असाेज

पश्चिम नवलपरासीकाे रामग्राम ७ स्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा शान्ति पदयात्रा तथा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको छ ।

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ३१ परासीको अयोजनामा विश्व शान्ति दिवसको अवसरमा समुह ३१ परासीका संयोजक सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा पिस क्लब ईण्टरनेशनका महासचिव बेचु गौड अतिथ्यतामा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पिस क्लब ईण्टरनेशनका महासचिव गौडले शान्ति एउटा अध्यात्मिक शब्दावली मात्र नभई मानव सभ्यताको अनिवार्य आवश्यक्ता पनि हो । शान्ति दिवसमा शान्तिको घाँटी निमोठिएका प्रशस्त उदाहरणका साथ, दम्भ बोकेर न्यायको कठघरामा विश्व समूदाय उभिएको छ । आतंकवाद, आन्दोलन, हत्या हिंसा, बैमनस्यता र अमानविय श्रृंखलाहरुमा विश्वभर कुनै न कुनै रूपमा जकडीएको बताउदै विश्वभर ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै समुह ३१ परासीका संयोजक अन्सारीले दिप प्रज्वलन गरि विश्वमा शान्तीको कामना गर्दै बढदो मानव अधिकार उलंघनका घटनाहरु राज्य संवेदनशिल हुनु पर्नेमा जोड दिनुभएको थियो । संयोजक अन्सारीले एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ३१ र पिस क्लब ईण्टरनेशनले अब विद्यालयमा मानव अधिकार लगाएतकाे विषयमा सचेतना कार्यक्रम अभियानको रुपमा सन्चालन गर्ने बताउनुभएको हाे।

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ३१ परासीको सदस्य इमामुल अलिकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमको सन्चालन सचिव उमेश कुमार बि.क ले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित