Rashtriya Dainik

कृष्णनगरका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने

कृष्णनगर : असोज ४

नेपाल सरकारले विद्यालय शिक्षा विधेयक संसदकाे सचिवालयमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघले आफ्नो माग राख्दै देशभरका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रित विधेयकको विरुद्धमा आन्दोलन सुरु गरेका छन् ।

काठमाडौं जान नसकेका शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै स्थानीय तहमा आन्दोलन सुरु गरेका छन् । त्यहि क्रममा कृष्णनगर नगरपालिकाकाे बहादुरगंज र कृष्णनगर नगरपालिकाकाे अगाडि पालिकाका सम्पूर्ण शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै विद्यालय शिक्षा विधेयक जलाएर विरोध गरेका छन् ।

विरोध कार्यक्रममा शिक्षक र कर्मचारीहरुले शिक्षककाे अधिकार सुनिश्चित गर , शिक्षक एकता जिन्दावाद , हाम्रो मान स्वाभाविक हामीलाई प्यारो छ , शिक्षा माफिया मुर्दावाद , शिक्षक प्रति विभेद अन्त्य गर , शिक्षककाे पेशागत अधिकार सुनिश्चित गर र शिक्षक ज्ञानकाे ज्याेती हाे , ज्ञान वाड्ने माेती हाे भन्ने लगायतका नारा लगाएका थिए ।

उक्त कार्यक्रम शिक्षक महासंघको संयाेजक र कृष्णनगर नगरपालिका भित्रका सम्पूर्ण शिक्षक र कर्मचारीहरुकाे आयाेजक भएको हाे ।

शिक्षक र कर्मचारीकाे माग पूरा नभए सम्मा आन्दोलन चालू रहने र विद्यालय पनि बन्द रहनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित