नवलपरासी ०४ असोज : मोहन बैध्य ‘ किरण ‘ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल क्रान्तिकारी नवलपरासीले प्रदेश साम्सद विश्व प्रेम पाठकको लगानी रहेको ज्ञानकुन्ज शिक्षा सदन बर्दघाट-१३ धनेवामा कालो ब्यानर टागेको छ ।
प्रस्तावित शिक्षा बिधेयकले शैक्षिक निजीकरण एवं माफियाकरणलाई जोड दिएकोले त्यसको खारेजीको माग गर्दै आएको क्रान्तिकारीले जनप्रतिनिधिहरुको लगानीमा संचालित निजी बिद्यालयलाई निशाना बनाउदै कार्यक्रम गर्दै आएको छ ।

जिल्लामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा पालिकाका जन प्रतिनिधिहरुको लगानीमा रहेका विभिन्न बिधालयहरुमा कालो ब्यानर राख्ने कार्यक्रमको पहिलो चरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

