Rashtriya Dainik

दलित बस्तीमा अन्तर्राष्ट्रिय शान्ति दिवस

बिरगंज ४ असोज

पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको आयोजना र युनाइटेड रिलिजियस इनीसिएटिव ( युआरआई) को सहयोगमा अन्तर्राष्ट्रिय शान्ति दिवस पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा -३ कौवाबन कटैया गाउँको दलित मुसहर बस्तीमा गरिएको छ। यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ शान्तिका लागि कार्यहरू: हाम्रो महत्वाकांक्षाका लागि रहेको छ ।
पिसफोर दलितस फाउन्डेसन नेपालले पिस मार्च, दलित समुदायको अगुवाइ शान्ति रैली, दलित बालबालिकाहरु विचमा चित्रकला प्रतियोगिता , कार्यक्रम गरी आज यो शान्ति दिवस मनाईएको छ। ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा दलित बालबालिकाको चित्रकला प्रतियोगिता संचालन गरि बिजेता भएको प्रथम बिजेता राजन कुमार राम , द्दितिय बिजेता मिरा कुमारी , तितृय बिजेता निपु कुमारी , चौथो बिजेता बिराज राम र पाँचौ नेहा कुमारी बिजेतालाई पुरस्कार वितरण गरिएको छ। साथै दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिकाको लागि युआरआईको ईन्डिया बागंलादेश नेपालको संयोजक बिश्वादेव चक्रबर्ती ज्युले शैक्षिक सामग्री तथा बालबालिकाको लागि खेलकुदको सामग्री क्रीकेट बल , बैड , फुटबल , भलिबल , बैडमिन्ट जस्ता समग्री सहयोग गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ । अहिले अन्तर्राष्ट्रिय कानुनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ ।सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।
युनिटेड रिलिगिओन्स इनिसेटिभ ( युआरआई) को संयोजक विश्वादेव चक्रबर्ती ज्युले भन्नू भयो कि दलितको सशक्तीकरण , समानता , शिक्षा र छुवाछूत अन्त्य भएमा मात्र समाजमा शान्ति हुनेछ। समाजमा शान्ति , न्याय र उपचारको लागि हामी युआर आईले ग्रामीण स्तरमा काम गरेको छ र हामी दलित समुदायको लागि काम गर्नेछौं
त्यसैगरी फाउन्डेसनको फाउन्डर दिपक कुमार ज्युले शुभकामना दिदै दलित समुदायको बालबालिकाको शिक्षामा परिवर्तन , दलित समुदायको सशक्तीकरण , सामाजिक रुपान्तरण भएमा मात्र समाजमा शान्ति स्थापना हुन सक्छ ।
यस अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रमको ओमप्रकाश मुसहर अध्यक्षता र कार्यक्रमको प्रमुख अतिथि युनाइटेड रिलिजियस इनीसिएटिव ( युआरआई) को संयोजक विश्वादेव चत्रबर्ती ज्यु , फाउन्डेसनको फाउन्डर दिपक कुमार , युआर आई झारखण्ड प्रदेशको अनुल अन्सारी , सुरेन्द्र कुमार, पिसफोर दलितस फाउन्डेसन नेपालको सचिव दिपेन्द्र ,लिलावती देवी , सदस्य पारमानन्द राम, सदस्य सुरेन्द्र पासवान, सन्जोग राम, अशोक राम, दलित महिला सदस्य , महिला , बालबालिकाहरु लगायतको उपस्थिति रहेकोे थियोे ।
यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज रामले गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित