Rashtriya Dainik

शिक्षक महासंघ र सरकारबीचको वार्ता सर्‍यो

काठमाडौं ,४ असाेज

शिक्षक महासंघ र सरकारबीच तीन बजे हुने भनिएको वार्ता सरेको छ । शिक्षक महासंघका पदाधिकारीहरू माइतीघरमा कोणसभालाई सम्धोन गर्न व्यस्त रहेका कारण तीन बजे हुने भनिएको वार्ता ढिला हुने भएको हो ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार वार्ता हुने खबर आए पनि समय तय नभएको बताए । ‘गृहबाट खबर आएको थियो । तर समय तय भएको छैन,’ उनले भने । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा वार्ता हुन लागेको हो ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षा मन्त्री अशोक राई, शिक्षा सचिव अधिकारी रहने छन् । शिक्षकको तर्फबाट शिक्षक महासंघी अध्यक्ष कमला तुलाधरसहितको टोली हुनेछ । यसअघि बिहान पनि दुबै पक्षबीच छलफल भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित